• गृहपृष्ठ
  • कानून प्रयोगमा निर्दयीत अपनाई कारवाही गर्र्नु, प्रहरी नायव महानिरीक्षक पोखरेल

कानून प्रयोगमा निर्दयीत अपनाई कारवाही गर्र्नु, प्रहरी नायव महानिरीक्षक पोखरेल

Jan 5th, 2020

काठमाडौ, पुुस २०

नागरिकलाई गर्ने व्यवहारमा नम्रता,शिष्टता र कानून प्रयोगमा निर्द्यिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।
प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आईतबार विहान महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

पोखरेलले कार्यक्रममा बोल्नुहुदै राजधानीको प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत जाने हुनाले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनु भयो । नागरिकको शान्तिसुरक्षाको जिम्मेवारी प्रहरीले लिएकाले कार्यक्षेत्रमा नागरिक संग गर्ने व्यवहारले प्रहरी वेला वेला आलोचना हुदै आएको स्मरण गराउदै आम नागरिक संगको व्यवहारमा शिष्टता र नम्रता अपनाउन पनि निर्देशन दिनु भयो ।

पोखरेल भन्नु हुन्छ “कुनै कर्मचारीले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीहरूलाई कारवाही गरेरै छाड्छु कोही कतैबाट भनसुन गराएर वच्छु भन्ने नसोच्नु’’ भन्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताउनु भयो ।

प्रत्येक दिन साझ सिनियर अधिकृतहरूले जवान हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान हबल्दारको व्यारेकमा सुति देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजान पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।