नेप्से १६ अंकले बढ्यो

Jan 5th, 2020

काठमाडौ, पुस २०

नेप्से आज आईतबार १६ दसमलव नौं अंकले बढेर ११ सय ८२ दसमलव ३१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दसमलव ५१ अंकले बढेर दुई सय ५५ दसमलव ६९ अंकमा पुगेको छ । एक सय ७३ कम्पनीहरुको नौ हजार दुुई सय ९९ वटा कारोवारमा २० लाख ८२ हजार आठ सय ७४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७१ करोड २४ लाख २५ हजार आठ सय २७ रुपैंयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव ७४ अंकले बढेर एक हजार ५२ दसमलव ७५ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक पनि १९ दसमलव ३६ अंकले बढेर १६ सय नौ दसमलव ९३ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा वोमी माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुह्को सुचीमा नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।