• गृहपृष्ठ
  • सुनको मूल्यमा हाल सम्माकै महंगो, आज पनि तोलामा हजारले बढ्यो

सुनको मूल्यमा हाल सम्माकै महंगो, आज पनि तोलामा हजारले बढ्यो

Jan 5th, 2020

काठमाडौँ, २० पुस

काठमाडौं नेपाली बजारमा सुनको मूल्य आज पनि नयाँ उचाइमा पुगेको छ ।

शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले बढेर ७५ हजार ५ सय पुगेको छ ।

यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदी तोलामा ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

महांघका अन्सार यो मूल्य हालसम्मकै बढी हो ।