म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा

Jan 5th, 2020

काठमाडौं, २० पुस

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

शनिबार राति भएको तेस्रो चरणको  खेलमा पोर्ट भेललाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर  सिटीले  सुरुवाती अग्रता लिएको थियो । 
खेलको  २० औं मिनेटमा जिनचेन्कोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि  ३५औं मिनेटमा पोर्ट भेलका टोम पोपीले बराबरी गोल फर्काए । ४२औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।

दोस्रो हाफमा सिटीले थप दुई गोल गर्न भयो सफल । हारवुडले ५८औं मिनेटमा र फि फोडेनले ७६औं मिनेटमा गोल गरेपछि सिटी ४–१ ले जित दिलाए ।