• गृहपृष्ठ
  • गेटाफेविरुद्ध रियलको शानदार जित, बार्सिलोना बराबरीमा रोकियो

गेटाफेविरुद्ध रियलको शानदार जित, बार्सिलोना बराबरीमा रोकियो

Jan 5th, 2020

काठमाडौं, २० पुस

स्पेनिस ला लिगामा रियल मड्रिडले गेटाफेलाई हराउँदै शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको छ । खेलमा रियल मड्रिडले गेटाफेलाई ३-० गोलले पराजित गरेको हो । शनिबार राति भएको डर्बी खेलमा बार्सिलोना एस्पानियोलसँग बराबरीमा रोकिएपछि रियल मड्रिडले अङ्क बराबरी गर्न सफल भएको हो ।

रियलका लागि राफायल भाराने र लुका मोड्रिकले एक–एक गोल गरे । अर्को गोल आत्मघाती रह्यो ।

रियलले खेलको ३४ औँ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । खेलको ३४ औं मिनेटमा भारानेको प्रहार रोक्ने क्रममा गेटाफेका गोलरक्षक डेविड सोरियाले आफ्नै पोस्टमा गोल गर्न पुगे । दोस्रो हाफमा टोनी क्रुसको फ्रिकिकमा राफायल भरानले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा फेडेरियो भाल्भर्डेको पासमा लुका मोड्रिकले गोल गर्दै टोलीको जितलाई ३-० बनाएका थिए।

बराबरीपछि बार्सिलोना र रियलको समान ४० अङ्क रहेको छ । तर, गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा कायम रहेको छ ।