• गृहपृष्ठ
  • पोखरा फाइनान्सको १४.२० प्रतिशत लाभांश पारित

पोखरा फाइनान्सको १४.२० प्रतिशत लाभांश पारित

Jan 4th, 2020

काठमाडौ, पुुस १९

पोखरा फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारणशुक्रबार पोखरामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रति सेयर ७प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ७.२० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी रु. ९१.७२ करोड पुगेको छ । सोही सभाले सर्वसाधारण सेयरधनी समुहबाट मेजर प्रेम बहादुर थापा, डा. दिपेन्द्र कुमार गौतम र श्री कृष्ण बहादुर गुरुङलाई आगामी चार वर्षको लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

साथै सभाले आ.व. २०७६/७७ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यानदिदैं ग्राहक सेवालाई निरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।