• गृहपृष्ठ
  • सोमबार १० करोडको टे«जरी बिल बिक्री हुने

सोमबार १० करोडको टे«जरी बिल बिक्री हुने

Jan 3rd, 2020

काठमाडौँ, १८ पुस (रासस)

नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा टे«जरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोही क्रममा केन्द्रीय बैंकले यही पुस २१ गते सोमबार पुनः टे«जरी बिल बिक्री गर्ने भएको छ ।

बैंकका अनुसार कूल रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त टे«जरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।