• गृहपृष्ठ
  • सिटिजन्स बैंकद्वारा आफ्ना एटिएम कार्डमा मास्टर कार्डको सुरुवात

सिटिजन्स बैंकद्वारा आफ्ना एटिएम कार्डमा मास्टर कार्डको सुरुवात

Jan 3rd, 2020

काठमाडौ, पुस १८

सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटिएम मा मास्टर कार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवात सँगै मास्टर कार्ड मेस्ट्रो तथा सिररस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटिएममा चल्ने छन् ।

नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण माआउने विदेशीपर्यटक र नेपालमा मास्टर ब्राण्डका कार्ड वाहकग्राहकहरु लाभान्भितहुने विश्वास बंैकले लिएको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पे सँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।