• गृहपृष्ठ
  • सुनको मूल्य बढेर हाल सम्मकै उच्च विन्दुमा, हेर्नुस् कति पुग्यो

सुनको मूल्य बढेर हाल सम्मकै उच्च विन्दुमा, हेर्नुस् कति पुग्यो

Jan 3rd, 2020

काठमाडौं, १८ पुष

सुनचाँदीको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी महासंघले सुनको मूल्य हालसम्मकै उच्च रहेको जानकारी दिएको छ । महासंघका अनुसार आज एकैदिनमा छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर ७४ हजार ५ सय पुगेको छ ।

यसअघि ७३ हजार ५ सय तोलामा कारोबार भइरहेको थियो ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा एक हजार बढेर ७४ हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि तेजावी सुन तोलाको ७३ हजार ३ सय रहेको थियो ।

यता चाँदीको भाउमा तोलाको १० रुपैयाँ बढेर प्रतितोला ९ सय पुगेको महासंघले जनाएको छ । यसअघि ताँदी तोलामा ८ सय ९० रुपैयाँ रहेको थियो ।