• गृहपृष्ठ
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन सहित दुुई भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन सहित दुुई भारतीय नागरिक पक्राउ

Jan 3rd, 2020

काठमाडौं, पुस १८

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडानतर्फको आगमान गेटबाट भन्सार छलि लुकाइछिपाई ल्याएको अर्ध ठोस सुन एक किलो छ ग्राम सहित दुई जना भारतीय नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरू राहदानी नम्बर आर ५०७०३२२ वाहक ३९ वर्षीय मोहम्मद कासिफ र राहदानी नम्बर जे८६१९१८३ वाहक ४० वर्षीय मोहम्मद मुसरिन रहेका छन् । नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौ आएका कासिफलाई भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन ७ सय ३८ ग्राम र इनडिगो एयरको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका मुसरिन लाई अर्धठोस सुन २ सय ६८ ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

बरामद उक्त सुनसहित उनीहरुलाई सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।