लागुु औषध कारोवारी पक्राउ

Jan 2nd, 2020

ललितपुर, पुस १७

महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुरले लागुुऔषध कारोवार गरेको अभियोगमा दुुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

परिसरका अनुसार यही पुुस १६ गते ललितपुर म.न.पा.२ सानेपामा अबैध लागु औषध कारोबार भईरहेको भन्ने बिषेश सुराकीको आधारमा सोनामा घले र मिन बहादुर गुरुङलाई शंका लागि चेकजाँच गर्दा सोनाम घलेको साथबाट अबैध लागु औषध सेतो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम फेला परेको र मिन ब.गुरुङको साथबाट २५.५ ग्राम फेला पारी सोधपुछ गर्दा निज मिन ब.गरुङको डेराकोठा जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.४ पासीकोटमा खानतलासी गर्दा थप ७० ग्राम लागु औषध सेतो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको परेपश्चात ति दुुई व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै व्यक्तिहरु उपर लागुुऔषध कारोवार अन्र्तगत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।