• गृहपृष्ठ
  • कामना सेवाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

कामना सेवाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

Jan 2nd, 2020

काठमाडौ, पुुस १७

कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा बिहीबारका दिन काठमाडौं डिल्लीबजार स्थित अमृत भोग क्याटेरर्समा सम्पन्न भएको छ । प्रविधिको स्तरोन्नती, नयाँ ग्राहक भित्राउन तथा व्यवसाय विस्तारको निमित्त बृहत शाखा सञ्जाल एवं दक्ष तथा अनुभवी जनशक्ति प्राप्तिमा गरिएको लगानी आदिका बाबजुद यस आर्थिक वर्षको नाफाबाट छ दसमलव आठ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए । उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. २,५४,०१,९५,३५२.०० को ६.८ प्रतिशतका दरले हुनआउने रकम रु. १७,२७,३३,२८४/- नगद लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गरेका थिए । साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा पुग्ने उक्त साधारण सभामा बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको दीर्घकालिन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बतााए ।

बैंकका अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनीहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए भने सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए । शेयरधनीहरुले उठाएका भएका विभिन्न जिज्ञासाहरुको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले दिएका थिए भन ेकार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसाद लम्सालले गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।