• गृहपृष्ठ
  • सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी रक्तदान कार्यक्रम

सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी रक्तदान कार्यक्रम

Jan 2nd, 2020

काठमाडौ, पुुस १७

सिद्घार्थ बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा २०७६ पौष ११ देखि पौष १६ गतेसम्म देशका विभिन्न १० स्थानहरुस विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटांैडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगाएत अधिकांश कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा ४ सय ९८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । यस कार्यक्रमबाट देशमा विद्यमान रक्त अभावलाई केहि हदसम्म भए पनि सहज हुने विश्वास बैंकले लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७८ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।