• गृहपृष्ठ
  • विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

Jan 2nd, 2020

पर्सा, १७ पुस

जिल्ला अदालत पर्साको २०६१ पुस ३ गतेको फैसलाले लागूऔषध मुद्दामा ४ वर्ष १० महिना २२ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका जगरनाथपुर गाउँपालिका ३ बस्ने राजेश्वर प्रसाद यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आफ्नै गाँउघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी जिल्ला अदालत पर्साको २०७६ मंसिर २ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ७ महिना २ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका पर्सा जयमंगलापुर बस्ने मिथुन चक्रवति राउत कुर्मीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आफ्नै गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।