तीन दसमलव २९ अंकले घट्यो नेप्से

Jan 2nd, 2020

काठमाडौ पुुस १७

नेप्से आज बिहिबार पनि घटेको छ । आज नेप्से तीन दसमलव २९ अंकले घटेर ११ सय ६६ दसमलव २१ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव एक अंकले घटेर दुुई सय ५२ दसमलव १८ अंकमा पुुगेको छ । एक सय ७० वटा कम्पनीहरुको सात हजार ८३ वटा कारोवारमा १६ लाख ६० हजार चार सय छ कित्ता सेयर खरिद बिक्री हुंंदा कारोवार रकम ५३ करोड २२ लाख ११ हजार दुुई सय ११ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा नौ वटा समुहको सुचक घटेर तीन वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव दुुई अंकले घटेर एक हजार ३६ दसमलव एक अंकमा पुगेको छ । बिकास बैक समुहको सुचक पनि एक दसमलव १९ अंकले घटेर १५ सय ९० दसमलव ५७ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । जलबिद्युुत, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा जोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट फण्ड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज शिवम सिमेन्ट परेको छ ।