आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Jan 2nd, 2020

काठमाडौं,१७ पुस

उदयपुर, ताप्ली गाउँपालिका ३ माझगाउँ बस्ने दानबहादुर मगरको घरमा बुधबार दिउसो आगलागी भई छिमेकी दुर्गा बहादुर मगरको घरमा समेत आगो फैलिएर दुवै जनाको घर पू्र्णरुपमा जली करिब ९ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नवलपरासी (पूर्व), बैदिकाली गाउँपालिका ४ माथिल्लो कुवाकोट बस्ने सुन बहादुर रानाको घरमा बुधबार बिहान आगलागी हुँदा आगलागीबाट करिब३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथर, याङवरक गाउँपालिका १ याक्लुङ बस्ने कृष्ण बहादुर राईको घरमा बुधबार राति आगलागी हुँदाकरिब १५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।