पेस्तोल र गोली सहित पक्राउ

Jan 2nd, 2020

काठमाडौं, १७ पुस

दाङ,घोराही उपमहानगरपालिकाप्रगतिटोल बडराबाट रोल्पा परिवर्तन गाउँपालिका ५ राङकोट घर भएका ३४ वर्षीय राजकुमार दमाईलाई कटुवा पेस्तोल १ थान र सो को गोली १ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका १५ बीपीचोक बस्ने ४८ वर्षीयपुरुषलाई धम्की दिई १३ लाख रुपैयाँ चन्दा मागेको र पीडितले ३ लाख रुपैयाँ लिएर राजकुमारलाई भेट्न प्रगितिटोल बडरा गएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पिछा गर्दै उक्त हतियार र लु.५६ प ८०६७ नम्बरको मोटरसाइकलसहित फेला पारी राजकुमारलाई पक्राउ गरेको हो ।

भोजपुर,हतुवागढी गाउँपालिका ९ भसुवाबाट चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित दैलेख दुल्लु नगरपालिका २ बस्ने २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्नेक्रममा थापालाई उक्त गोलीसहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।