• गृहपृष्ठ
  • छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने

छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने

Jan 2nd, 2020

नुवाकोट, १७ पुस (रासस)

‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव बट्टारस्थित बसपार्क क्षेत्रमा हुनेछ । सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले ११ दिनसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पु¥याउने बताउनुभयो ।

सङ्घका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन श्रेष्ठले नुवाकोटको सम्भावनाका बारेमा विज्ञहरु ल्याएर ‘इन्भेस्टमेन्ट टक’ समेत गरिने बताउनुभयो । सङ्घका प्रवक्ता सबिन राजभण्डारीले महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री र जिल्लामा १२ वटै स्थानीय तहको पहिचानसहितका कक्ष राखिने जानकारी दिनुभयो । महोत्सवमा २४० कक्ष रहनेछ ।सङ्घमा आबद्ध सदस्यलाई २५ प्रतिशत छुटमा महोत्सवका कक्ष उपलब्ध गराइने निर्णयसमेत भएको सङ्घले जनाएको छ । महोत्सव सञ्चालनका लागि सङ्घका अध्यक्ष कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल कार्य सञ्चालन समिति र ३० उपसमिति गठन गरिएको सङ्घका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु्भयो ।