• गृहपृष्ठ
  • स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम – अध्ययन

स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम – अध्ययन

Jan 2nd, 2020

वासिङ्टन डिसी,१७ पुस (रासस/एएनआई)

स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ ।

हालै सार्वजनिक गरिएको एक अध्ययनले “होल मिल्क” अर्थात् स्वस्थ दुध पिएका बच्चा कम तौल अर्थात मोटोपनको संभावना कम हुने गरेको पाइएको छ । सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ ।

चिल्लो पदार्थयुक्त दुध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दुध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ । ती प्रतिवेदनहरुमा गाईको दुध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो ।

ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो । ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए । अध्ययनको नेतृत्व गर्नुभएका डा जोनाथन मागुइरेले दुध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताउनुभयो ।