• गृहपृष्ठ
  • खामेनीद्वारा अमेरिकाद्वारा इराकमा गरिएको हवाइ आक्रमणको निन्दा

खामेनीद्वारा अमेरिकाद्वारा इराकमा गरिएको हवाइ आक्रमणको निन्दा

Jan 2nd, 2020

तेहरान, १७ पुस (रासस/एएफपी)

इराकमा एक लडाकू समूहको प्रदर्शनमा गत साताको अन्त्यमा भएको अमेरिकी हवाई आक्रमणको इरानका सर्वोच्च नेता आयातुल्ला अली खामानीले बुधवार आलोचना गर्नुभएको छ । खामेनीले अमेरिकी आक्रमणपछि पहिलोपटक प्रतिक्रिया दिँदै अमेरिकी आक्रमणको कडा शब्दमा विरोध गर्नुभएको हो ।

“इरानी सरकार, देश र मैले अमेरिकी गलत कार्यको कडा शब्दमा निन्दा गर्दर्छौँ,” खामानीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा हसेद अल–शाबी एक समूहमाथि केही दिन पहिले भएको घातक अमेरिकी हमलाको उल्लेख गर्दै भन्नुभयो ।

पश्चिमी इराकमा गरिएको एक आक्रमणमा उत्तरी इराकको एक सैन्य अड्डामा शुक्रवार एक अमेरिकी नागरिक ठेकेदारको मृत्यु भएको थियो । बदलामा अमेरिकाले हवाइ आक्रमण गर्दा करिब २५ जनाको मृत्यु भएको थिया भने ५१ जना घाइते भएका थिए ।

यसको विरोधमा उत्रिएका इराकी नागरिकको एक समूहले बुधबार इराकस्थित अमेरिकी राजदूतावासमा आगजनीको प्रयास गरेको थियो ।

बग्दादस्थित अमेरिकी दूतावासमा एक प्रदर्शनकारी समूहले आक्रमण गरेको र यस घटनामा इरानी सत्ताको घुसपैठ भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानमाथि आरोप लगाउनुभएको थियो ।

अमेरिकी राष्ट्रपतिको ट्विटर सन्देशप्रति प्रतिक्रिया जनाउँदै खामेनीले भन्नुभयो, “ ती व्यक्ति (राष्ट्रपति ट्रम्प) ले संयुक्त राज्य अमेरिकाले बग्दादमा भएको घटनाको लागि इरानलाई जिम्मेवार देख्ने बताएका छन् र भनेका छन् हामी इरानलाई जवाफ दिनेछौं ।”

खामेनीले भन्नुभयो, “पहिलो, तपाई केहि गर्न सक्नुहुन्न । दोस्रो, तपाई तार्किक हुनुहुन्न, यदि तार्किक हुनहुन्थ्यो भने तपाईले थाहापाउनु भएको छ कि इराक, अफगानिस्तानमा तपाईको अपराधले ती राष्ट्रहरुले तपाईलाई घृणा गरेका छन्,” उहाँले ट्वीटमा भन्नुभएको छ ।