नेप्से बढ्यो, कारोवार रकम घट्यो

Jan 1st, 2020

काठमाडौ, पुुस १६

आज बुुधवार नेप्से बढेपनि कारोवार रकम भने घटेको छ । नेप्से आज तीन दसमलव ४७ अंकले बढेर ११ सय ६९ दसमलव ५० अंकमा पुुगेकोमा सेन्सिटिभ शुन्य दसमलव ९७ अंकले बढेर दुुई सय ५३ दसमलव २८ अंकमा चढेको छ । एक सय ७८ कम्पनीहरुको छ हजार एकसय ७४ वटा कारोवारमा ११ लाख ७५ हजार तीन सय १३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ३७ करोड २९ लाख ८८ हजार तीन सय एक रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक बढेकाछन भने चार वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ३७ अंकले बढेर एक हजार ३८ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक छ दसमलव ४८ अंकले बढेर १५ सय ९१ दसमलव ७६ अंकमा पुगेको छ । होटल, जलबिद्युुत, टे«डिङ, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा तारागाउँ रेजिडेन्सी होटल समुह परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज ओरन्टल होटल समुह परेको छ ।