• गृहपृष्ठ
  • सिद्धार्थ इन्स्योरेन्सद्धारा वीमा दावी सम्वन्धि अन्तरकृया सम्पन्न

सिद्धार्थ इन्स्योरेन्सद्धारा वीमा दावी सम्वन्धि अन्तरकृया सम्पन्न

Jan 1st, 2020

काठमाडौ, पुुस १६

सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा “संस्थागत सुशासन र पारदर्शिता, दावी भुक्तानीको सुनिश्चितता विषयक वीमा दावी सम्वन्धि अन्तरकृया सम्पन्न गरेको छ । सो कार्यक्रममा वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले वीमा दावी सम्वन्धि विषयमा वीमितसँगको प्रत्यक्ष सात्क्षातकारवाट एक अर्काको कमि कमजोरी पहिचान गरि, दावी भुक्तानी कार्यलाई प्रभावकारी वनाउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल,पर्यटन, मोटर व्यवसायसँग सम्वन्धित व्यवसायी तथा वीमा दावी सँग प्रत्यक्ष सलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तरकृयाका सहभागि वक्ताहरुले उठाउनु भएको दावी फर्छयौट सम्वन्धि विविध विषयहरुका सम्वन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले जवाफ दिदै वीमितको हितलाई केन्द्रविन्दुमा राखेर वीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र वीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शि वनाउने तर्फ कृयासिल रहेको बताए ।