• गृहपृष्ठ
  • देशभर यसरि मनाईयो तमु ल्होसार (फोटो फिचर)

देशभर यसरि मनाईयो तमु ल्होसार (फोटो फिचर)

Jan 1st, 2020

काठमाडौँ, १६ पुस

देशभरका गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ भव्य रुपमा मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५ गते नयाँ वर्षका रुपमा ल्होसार मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको हो ।


परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

हेर्नुस्  तस्वीरहरु :

तस्वीर: सानेबहादुर नेपाली , सन्तोष पुर्कुटी , रत्न श्रेष्ठ , नवीन पौडेल, कृष्ण न्यौपाने/रासस