• गृहपृष्ठ
  • मदिराको बिक्रीबाट राज्यलाई प्राप्त हुने अन्त शुल्कमा कमि , पुरा होला त राजस्व संकलनको लक्ष्य

मदिराको बिक्रीबाट राज्यलाई प्राप्त हुने अन्त शुल्कमा कमि , पुरा होला त राजस्व संकलनको लक्ष्य

Jan 1st, 2020

काठमाडौं, पुस १६

मदिराको कारोबार सुस्ताएका कारण यसले सरकारको राजस्व संकलनमा नै असर पुराउने देखिएको छ । अहिले कुल राजस्वको २० प्रतिशत अन्तशुल्कले ओगटेको छ । अन्त शुल्कमा मात्रै भने मदिराले ६५ प्रतिशतको हिस्सा ओगट्छ ।

यसरी अन्त शुल्कमा आएको कमिले सरकारले कतै लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसक्ने हो कि भन्ने भय पैदा भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार गत वर्षको मंसिरसम्ममा मदिराबाट ८ अर्ब ८९ करोड अन्तशुल्क संकलन भएको थियो । जुन यो वर्ष ६६ करोडले घटेर ८ अर्ब २३ करोड मात्रै संकलन भएको छ ।

त्यसैगरि बियरको बिक्रीमा पनि कमि आएको देखिन्छ । गत वर्ष बियरबाट ९ अर्ब १८ करोड अन्तशुल्क संकलन भएकोमा यो वर्ष ५१ करोडले घटेर ८ अर्ब ६७ करोड मात्रै संकलन भएको छ ।

अर्थतन्त्र सुस्त हुँदा खाने रमाउने भन्दा पनि बचत गर्नेहरु बढेकाले मदिराको बिक्री घटेको छ ।

सबै क्षेत्र सुस्त देखिएकाले पैसा भएकाले पनि खर्च गर्ने भन्दा बचत गरेरै राख्न थालेका छन् । जसका कारण नै मदिराको बिक्रीमा कमि आएको हो ।

बजारमा इजि मनि अर्थात सहज रुपमा आर्जन भएको रकम अभावका कारण मदिराको बिक्रीमा कमि आएको देखिएको छ । घरजग्गाको कारोबारमा आएको मन्दीसँगै बजारमा इजि मनिको अभाव छ । जसका कारण मदिरा र मनोरञ्जन क्षेत्रका लागि हुने खर्चमा कमि आएको छ ।

मदिराको बिक्रीमा कमि आउँदा यसले जनताको स्वास्थ्य स्थितीमा त सुधार ल्याउछ । तर यसले अर्थतन्त्रमा भने केहि असर पार्ने देखिएको छ।

मदिरामा सरकारले यो वर्ष मात्रै १० प्रतिशत अन्त शुल्क बढाएको थियो । तर अन्त शुल्क बढाउँदा पनि राजस्व भने गत वर्षको तुलनामा पनि घटेको देखिन्छ । सरकारले मदिराको व्यवसाय ५ प्रतिशतले घटेको बताएपनि व्यवसायी भने बजार १५ प्रतिशतले तल झरेको बताउँछन् ।

मदिराको कारोबार घटेसँगै यसले अर्थतन्त्र सुस्ताएको बताउँछ । किनकी जब अर्थतन्त्र चलायमान हुन्छ तब इजि मनि धेरैको हातमा हुन्छ र यसले उपभोग पन िबढाउछ । अहिले मदिराको मात्रै होइन पुरै उपभोगमा समेत कमि आएको छ ।