• गृहपृष्ठ
  • सिभिल बैंकको विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

सिभिल बैंकको विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

Dec 31st, 2019

काठमाडौ, पुुस १५

सिभिल बैंकले आफ्नो नवौंैं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ । सो कार्यक्रम अन्र्तगत बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल एक हजा तीन सय ५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।

यसैगरी बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ भने लेखनाथ स्थित त्रिभुवनशान्ति नमुना माध्यमिक विद्यालयलाई पनि पाँच थान डस्टविन प्रदान गरेको छ । बैंकको चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि रु २५,००० को आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टि विहिनहरुको सहयोगार्थ १०० थान विशेस छडी प्रदान गरेको छ । बैंकको ईलाम स्थित मांईजोगमाई शाखा मार्फत आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ ।

यसैगरी बैंकको झापास्थित सुरुङ्गाशाखा मार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ । बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ । यसैगरी बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ १ थान प्रिन्टर प्रदान गरिएको छ ।