• गृहपृष्ठ
  • नेपाल मुद्रण उद्योग महासंघ पाठ्यपुूस्तको साईज बृधिको बिरुद्धमा बिरोधमा उत्रने

नेपाल मुद्रण उद्योग महासंघ पाठ्यपुूस्तको साईज बृधिको बिरुद्धमा बिरोधमा उत्रने

Dec 31st, 2019

काठमाडौ, पुुस १५

सामूदायिक बिद्यालयका पाठ्य पुश्तक छपाई तथा बितरणका सम्वन्धमा सरकारले निजी मुद्रण ब्यवसायीहरुलाई उपेक्ष गरेको भन्दै नेपाली मुद्रण ब्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघ बिरोधमा उत्रने भएको छ ।

नीजि तथा सामूदायिक बिद्यालयका पाठ्य पुश्तक छपाई तथा बितरणका सम्वन्धमा सरकारले मुद्रण ब्यसायीसंग सरसल्लाह समेत नगरी यस शैक्षिक सत्रबाटै लागूहुनेगरी पाठ्य पुश्तकको साईज परिवर्तन गरेको भन्दै महासंघ बिरोधमा उत्रने निर्णय गरेको हो ।

सरकारले बर्षौदेखि निजी तथा सामूदायिक बिद्यायका पाठ्यपुश्तकको साइज १८/२४ सेन्टीमिटरमा गर्दै आएको अवस्थालाई आधार मानेर निजी मुद्रया ब्यवसायीहरुले सोही अनुरुपको साईजका प्रेस मेसिन तथा अन्य मेसिन औजारको जोहो गरेका थिए ।

तर सरकारले यस आर्थिक बर्षदेखि लागूहूनेगरी मुद्रण ब्यवसायीहरुसंग सरसल्लाह समेतनै नगरी उक्त साईजमा परिवर्तनगरी २१/२८ सेन्टि मिटर साईजमा यस बर्ष कक्ष एकमा लागू गर्ने र त्यसलाई क्रमश बृधि गर्दै लैजाने गरी निर्णय गरेपछि प्रेस ब्यवसायीहरु धारासायीहुने अवस्थामा पुगेको महासंघको दावी रहेको छ ।

सामूदायिक बिद्यालयका पाठ्य पुश्तक छपाई तथा बितरणका सम्वन्धमा सरकारले अवलम्वन गर्दै आएको अस्थिर, अदुरदर्शी र बिभेदकारी नीतिले बिगतका बर्षहरुमा शैक्षिक सत्रको मध्य सम्मपनि पाठ्य पुश्तक बिद्यार्थीको हातमा पुग्न सकेका अवस्थामा सरकार क्रमश निजी मुद्रण ब्यवसायीहरुको भूमिकालाई खुम्चाउदै गईरहेको छ ।

बिगतमा कक्षा ८ सम्मका पाठ्य पुश्तक छपाई तथ बितरणका लागि निजी मुद्रयण ब्यवसायीलाई जिम्मा दिदै आएकोमा गत बर्षदेखि कक्षा चार सम्म मात्र छपाई तथ बितरणका लागि जिम्मा दिने गरेकाले यस बर्षपनि बिगतका बर्षहरुमा जस्तै समयमै बिद्यार्थीको हातमा पाठ्र्य पुश्तक नपुग्ने निश्चित प्राय रहेको छ ।