• गृहपृष्ठ
  • अघिल्लो दिन छ अंकले बढेको नेप्से आज झण्डै दुुई अंकले घट्यो

अघिल्लो दिन छ अंकले बढेको नेप्से आज झण्डै दुुई अंकले घट्यो

Dec 31st, 2019

काठमाडौ, पुस १५

अघिल्लो दिन झण्डै छ अंकले बढेको नेप्से आज मंगलबार पुुन घटेको छ । नेप्से आज एक दसमलव ९२ अंकले घटेर ११ सय ६६ दसमलव तीन अंकमा पुुग्दा सेन्सिटिभ एक दसमलव एक अंकले घटेर दुई सय ५२ दसमलव ३१ अंकमा पुुगेको छ । आज एक सय ७७ कम्पनीहरुको छ हजार पाँच सय ३२ वटा कारोवारमा १३ लाख दुुई हजार नौ सय ८६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४४ करोड २२ लाख ५६ हजार एक सय ५६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेकाछन भने छ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव चार अंंकले बढेर एक हजार ३४ दसमलव ८४ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक पनि चार दसमलव ८८ अंकले बढेर १५ सय ८५ दसमलव २८ अंकमा पुगेको छ । यसैगरी जलबिद्युुत, लघुुबित्त, टे«डिङ र होटल समुहको सुचक पनि बढेकाछन । निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन ।

बढी कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल टेलिकम परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।