• गृहपृष्ठ
  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल –जाउलाखेलद्वारा च्यासल पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल –जाउलाखेलद्वारा च्यासल पराजित

Dec 31st, 2019

काठमाडौँ, १५ पुस (रासस)

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले चार खेलमा ८ अङ्क जोडेको छ ।

जावलाखेलको जीतमा रुपबहादुर लामा र विजय घलानले एक–एक गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । त्यसअघि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो ।


खेलको ८०औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसको दुई मिनेटपछि विजय घलानले एक गोल गर्दै जावलाखेललाई २–० को जीत दिलाए । पराजित च्यासलले चार खेलमा ४ अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ ।