नाडाको अध्यक्षमा दुुलाल निर्वाचित

Dec 31st, 2019

काठमाडौ, पुुस १५

अटोमोवाईल एशोसियसन अफ नेपाल (नाडा) को अध्यक्ष पदमा कृष्ण प्रशाद दुुलाल निर्वाचित भएकाछन । संघको सोमबार सम्पन्न भएको भएको संशोधित विधान २०७१ को दफा २०.७ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारीहरुको निर्वाचनबाट दुुलाल अध्यक्ष पदमा निर्वाचित भएका हुुन ।

निर्वाचमार्फत निबर्तमान अध्यक्षमा शम्भुप्रसाद दाहाल, संस्थागत उपाध्यक्षमा नवराज डल्लाकोटी, संस्थागत उपाध्यक्षमा सुभाष आचार्य, उपाध्यक्षमा आकाश गोल्छा, उपाध्यक्षमा करण चौधरी, महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्षमा विक्रम सिंहानिया, संस्थागत केन्द्रीय कार्य समिति सदस्यमा धु्रववहादुर थाप, संस्थागत केन्द्रीय कार्य समिति सदस्यमा ऋषिकुमार ढकाल, केन्द्रीय कार्य समिति सदस्यहरुमा राजनबाबु श्रेष्ठ, अभिक ज्योति मिलनबाबु मल्ल, दीपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणी पाठक चयन भएकाछन ।

यसैगरी अध्यक्षबाट मनोनित केन्द्रीय कार्य समिति सदस्यहरुमा भने प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया रहेको नाडाले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।