• गृहपृष्ठ
  • मानव तस्करको नयाँ जालोः यौन शोषणका लागि भारतका निजी अपार्टमेन्टमा बेचिन्छन नेपाली चेली

मानव तस्करको नयाँ जालोः यौन शोषणका लागि भारतका निजी अपार्टमेन्टमा बेचिन्छन नेपाली चेली

Dec 31st, 2019

काठमाडौं ,पुष १५

नेपाली किशोरीहरु दिल्लीका निजी अपार्टमेन्टमा बेचिने गरेको पाइएको छ ।

मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको माइती नेपालले जनाएको छ ।

माइती नेपालका अनुुसार पहिले नेपाली चेलीहरु दिल्लीको कोठीमा बेचविखन हुने गरेका थिए भने अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बेचिन थालेका छन् ।

माइति नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको छ ।

माइती नेपालको विज्ञप्तिमा भनिएको छ ‘भारतका विभिन्न कोठीहरुमा यौन शोषणका लागि नेपाली किशोरीहरुको बेचविखन हुने गरेकामा हाल आएर निजी घर तथा अपार्टमेन्टहरु समेतलाई भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्ने नौलो तरिका दलालहरुले अपनाउन थालेका छन् ।

मानव दलालहरुले सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, मेसेन्जरलगायतको दुरुपयोग गरी आफ्नो सम्पर्क संयन्त्रलाई दिनानुदिन सहज बनाएको माइति नेपालले जनानएको छ ।

यसैगरी माइती नेपालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपाल भारत सीमानाबाट २२४ सय ८५ जनाको उद्धार गरेको जनाकारी दियो ।

बेचबिखनमा परी श्रम तथा यौन शोषणमा परेका ३ सय २२ जनालाई भारतबाट, खाडीबाट १६ जना, आन्तरिक बेचविखनमा परेका ४४ जनाको उद्धार गरिएको बताइएको छ ।