अवैध लागूऔषध सहित पक्राउ

Dec 31st, 2019

झापा, १५ पुस

विर्तामोड नगरपालिका ६ खानेपानी ट्यांकी बस्ने २४ वर्षीय रुपेश विश्वकर्मालाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १३ ग्राम ४ सय ३० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विर्तामोड नगरपालिका ५ स्थित रत्नसुपर मार्केटमा लागूऔषध ब्राउनसुगर खरिद बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई १ ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो । विश्वकर्मालाई पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा निजको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको ब्राउनसुगर जस्तो देखिने पदार्थ अन्दाजी १ सय १२ ग्राम ४ सय ३० मिलिग्राम समेत फेला पारी प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।