• गृहपृष्ठ
  • आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Dec 31st, 2019

कञ्चनपुर, १५ पुस

आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका १८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी ईन्द्र बहादुरले आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सुशिलाको अंचल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।