• गृहपृष्ठ
  • तमु ल्होसारमा अध्यक्ष दाहालको शुभकामना

तमु ल्होसारमा अध्यक्ष दाहालको शुभकामना

Dec 31st, 2019

काठमाडौँ, १५ पुस (रासस)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताउनुभएको छ ।

स्वदेश तथा विदेशमा रहेका तमु दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना दिँदै उहाँले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै मनाइने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको उल्लेख गर्नुभएको छ । उहाँको सन्देशमा भनिएको छ, “सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौँदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् । राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको हुन्छ । यस्ता नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ ।

” अध्यक्ष दाहालले २१ औं शताब्दीमा नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यबद्धता आजको आवश्यकता भएकामा जोड दिँदै यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।