विप्लब कार्यकर्ताद्वारा आत्मसर्मपण

Dec 31st, 2019

बागलुङ, १५ पुस (रासस)

नेत्रविक्रम चन्द समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गर्नुभएको छ ।

गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गर्नुभएको हो ।

सो अवसरमा उहाँले जारी गर्नुभएकोे प्रेस विज्ञप्तिमा “नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु”, भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।