• गृहपृष्ठ
  • काठमाडौं मेरिएट होटलको साथमा नयाँ वर्ष २०२० मनाउनुहोस

काठमाडौं मेरिएट होटलको साथमा नयाँ वर्ष २०२० मनाउनुहोस

Dec 30th, 2019

काठमाडौ, पुस १४

नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले नयाँ शताब्दीमा प्रवेश हुनु अगाडि पहिलो पटक न्यू इयर इभ मनाउँन गइरहेको छ । यो विशेष अवसरमा शहरका नियमित अतिथिहरु अथवा नवआगन्तुक वा पर्यटकहरु सम्पूर्णका लागि होटलमा केहि विशेष रहेको छ । मुक्ति एण्ड रिभाइभल्सको लाइभ पर्फमेन्श, डीजे क्वीन र एक विशेष बेली डान्स कार्यक्रमको प्रत्यक्ष प्रदर्शनका साथ नृत्य र डाइनिंगको रमणीय साझँ बल रुममा आयोजना गरिएको छ । अतिथिहरुले आकर्षक प्याकेजहरु छनौट गर्न सक्नेछन् जसमा विशेष सुविधा र छुटका साथ आवासीय प्याकेज पनि समावेश रहेको छ ।

अझ आरामदायीक साझँ खोज्ने व्यक्तिहरुले होटलको मल्टी क्वीजीन रेष्टुरेन्ट “ठमेल किचेनमा” न्यू इयर इभ गाला डिनरमा सम्मिलित हुन सक्नेछन् र अनलिमिटेड बफेका साथ रातलाई उत्तम तिरकाले मनाउन सक्नेछन् । त्यसबाहेक आधुनिक एशियन रेष्टुरेन्ट एडमामेमा असाधारण क्वीलिनरी फेयरको आयोजना गरिनेछ जहाँ सेफ स्पेशल मेन्यू बाट ६ आधुनिक एशियन कोर्षहरु हुनेछ । यो रेष्टुरेन्टमा एकस्टिक ब्यान्डले प्रस्तुती दिनेछ ।

अतिथिहरुलाई अगाडि नै बुकिङ गर्न आग्रह गरिएको छ । होटलले सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिएको छ ।