• गृहपृष्ठ
  • शहीद स्मारक ‘ए’ डिभिजन फुटबल–मच्छिन्द्र लिगको शीर्ष स्थानमा

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल–मच्छिन्द्र लिगको शीर्ष स्थानमा

Dec 30th, 2019

काठमाडौँ, १४ पुस (रासस)

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्र एनआरटीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे ।

उनले खेलको ९० औँ मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए । मच्छिन्द्रले चार खेलमा ९ अङ्क जोडेको छ । समान ९ अङ्क नै जोडेको मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।