• गृहपृष्ठ
  • मेरो लघुुबित्तद्धारा स्वास्थ शिविर सञ्चालन

मेरो लघुुबित्तद्धारा स्वास्थ शिविर सञ्चालन

Dec 30th, 2019

काठमाडौ, पुुस १४

सिराहाको गोलबजारमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । धनगढीमाई नगरपालिका कसाहामा मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त शिविर सम्पन्न गरेको हो ।

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय असनपुरका साथै आर के मेडिसिटि, धनगढीमाई नगरपालिका वडा नं. ६, ७ र ८ को संयुक्त आयोजनामा भएको शिविरमा ३ सय भन्दा बढीले लाभ लिएको मेरो माइक्रो फाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए । एकदिने स्वास्थ्य शिविरमा निशुल्क होलवडी चेकअप, स्तन तथा पाठेघर सम्बन्धी बिभिन्न रोगहरुको टेष्ट गर्नुका साथै औषधी वितरण गरिएको भण्डारीले जानकारी दिए ।

शिविरमा नगरपालिकाका वडाध्यक्षहरुले एक दिने स्वास्थ्य शिविर आयोजनाले गरिब तथा विपन्न परिवारहरु लावान्भित भएको बताएका छन् । सो अवसरमा जनस्वास्थ्य संग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउदै जाने समेत बताए । आफ्नो वडाहरुले जनजीवनसंग सम्बन्धीत यस्ता कार्यक्रमहरुमा साथ, सहयोग रहने बताएका थिए ।