• गृहपृष्ठ
  • महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयलाई सहयोग

Dec 30th, 2019

काठमाडौ, पुुस १४

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले मिति २०७६/०९/१३ गते आइतबार काठमाडौं महानगरपालिका–१ नक्सालमा अवस्थित नन्दी माध्यामिक विद्यालयमा विद्यार्थीको लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने हेतुले बैंकले खेलकुद सामाग्री प्रदान गरेको हो ।

त्यसैगरी, आइतबार नै बैंकको तीनचुली शाखाले काठमाडौ महानगरपालिका –७ मा अवस्थित खगेन्द« नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयलाई अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण कार्यव्रmम सम्पन्न गरेको छ । अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्नेउद्देश्यले बैंकले अपाङ्गता मैत्री फर्निचर प्रदान गरेको हो । उक्त कार्यक्रमहरुमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।