• गृहपृष्ठ
  • नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबिच सहकार्य

नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबिच सहकार्य

Dec 30th, 2019

काठमाडौ, पुस १४

नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघ बिच निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुुन ।

हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहको बताउनु भयो । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए ।

समझादारी अनुसार, उद्योग परिसंघ र बैंकर्स संघले मूख्यतया दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना गर्ने, वित्तिय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवाहरुसँग सयुक्त रुपमा संवाद तथा छलफल गर्ने छन । समझदारीपत्रमा हस्ताक्षर समारोहमा परिसंघका पदाधिकारीहरु र बैंकर्स संघका पदाधिकारीहरुको उपस्थिती थियो ।