• गृहपृष्ठ
  • सिद्धार्थ ईन्स्योरेन्सद्धारा घुम्ती वीमा सेवाको सुभारम्भ

सिद्धार्थ ईन्स्योरेन्सद्धारा घुम्ती वीमा सेवाको सुभारम्भ

Dec 30th, 2019

काठमाडौ, पुुस १४

सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँ पालिकावाट घुम्ती वीमा सेवाको एक समारोहको विचसुभारम्भ गरेको छ । गाउँ पालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती वीमाको सुभारम्भ गरेका हुुन ।

कार्यक्रममा अध्यक्ष चापागाईले घुुम्ती बीमाको माध्यामवाट सहज रुपमा वीमा सेवा प्राप्त हुने भएकोले यसवाट अत्याधिक लाभको लागि आग्रह गर्दै स्थानिय निकाय सँगको सहकार्यमा घुम्ती वीमा अझ प्रभावकारी हुने हुदा यस तर्फ ध्यान दिन आग्रह गरे । गाउँ पालिका पदाधिकारी ,अगुवा कृषक तथा स्थानिय जनताको उल्लेख्यउपस्थिति रहेको सो समारोहमा गाउँ पालिका उपाध्यक्ष लालसुव्वा गुरुङ्ग तथा नेपाल वीमक संघका महा सचिव चंकी क्षेत्रीले शुभकामना मन्तव्य दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती वीमा सेवाको उद्धेश्य , महत्व र यसवाट हुने फाईदाहरुको सम्वन्धमा प्रकास पार्दै घुम्ती सेवा मार्फत घर दैलोवाटै वीमा सेवा लिन आग्रह गरे । समारोह स्थलवाटै केहि वीमा लेख समेत जारी गरिएको थियो ।