नेप्से झण्डै छ अंकले बढ्यो

Dec 30th, 2019

काठमाडौ, पुुस १४

आज सोमबार नेप्से झण्डै छ अंकले बढेको छ । नेप्से आज नेप्से पाँच दसमलव ५३ अंकले बढेर ११ सय ६७ दसमलव ९५ अंकमा पुुगेकोमा सेन्सिटिभ भने शुन्य दसमलव शुन्य छ अंकले घटेर दुुई सय ५३ दसमलव ३३ अंकमा झरेको छ । एक सय ७७ वटा कम्पनीहरुको सात हजार ३८ वटा कारोवारमा १४ लाख ९१ हजार ४४ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ६२ करोड २३ लाख ६३ हजार चार सय ८८ रुपैयाँ पुुगेको छ ।

नेप्सो आज १२ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक बढेकाछन भने चार वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव दुुई अंकले घटेर एक हजार ३२ दसममलव ८० अंकमा पुगेको छ । बिकास बैंक, जलबिद्युुत र फाईनान्स समुहको सुचक पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने आज ६१ दसमलव ९१ अंकले बढेर चार हजार पाँच सय ८१ दसमलव ९७ अंकमा पुगेको छ । जीवन बीमा, उत्पादनमुुलक, लघुुबित्त, टे«डिङ, होटल, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

यसैगरी आज बढी कमाउने कम्पनीको सुचीमा शिवम सिमेन्ट पहिलो स्थानमा पर्दा बढी गुमाउने कम्पनीको सुचीमा माउन्टेन हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।