• गृहपृष्ठ
  • नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक कोइराला पक्राउ

नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक कोइराला पक्राउ

Dec 30th, 2019

काठमाडौ, पुुस १४

नेपाल बैकको डिल्ली बजार शाखाका पुुर्व प्रबन्धक पक्राउ परेकाछन । नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले पुुर्व प्रबन्धक भुुपराज कोईरालालाई पक्राउ गरेको हो ।

सिआईबीका अनुसार सोलुखुम्बु सल्यान गाउँपालिका १ का कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोपको जाहेरी परेपछि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । भक्तपुर सूर्यविनायक ४ बस्ने कोइरालालाई बैंकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीले उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरेको समेत जानकारी दिएको छ ।