नियन्त्रित लागूऔषध सहित पक्राउ

Dec 30th, 2019

तनहुँ, पुस १४

आँबुखैरेनी गाउँपालिका ३ ठाडोलाईन डेरा गरी बस्ने २२ वर्षीय उमेश खड्का समेत २ जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, फेनारगन १४ एम्पुल, नुर्फिन १४ एम्पुल, ट्रमा लेखेको ट्याब्लेट १ हजार ५ सय ३५ पिस र डि-कफ ट्याब्लेट १ हजार ६ सय ७२ पिस सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले खड्काको कोठा खानतालसी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।