neapl investment mega bank

कटुवा पेस्तोल र गोली सहित पक्राउ

Dec 30th, 2019

मोरङ, पुस १४

वेलबारी नगरपालिका ५ कसेनी रामपुरबाट कटुवा पेस्तोल १ थान, गोली २ थान, सिमकार्ड १८ थान, मोबाइल ८ थान र विभिन्न पम्पेलट २ हजार १ सय थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुन्दरहरैचा नगरपालिका १० बस्ने कृष्ण चौलागाई भन्ने ५० वर्षीय नरेश चौलागाई, विराटनगर महानगरपालिका ८ बस्ने ३० वर्षीय क्षितिज पौडेल र पथरी शनिश्चरे नगरपालिका ३ सिद्धार्थ टोल बस्ने ५६ वर्षीय चिरन्जिवी धिताल रहेका छन् । उक्त स्थानमा हातहतियार सहित उनिहरूले चन्दा असुल गरी हिडेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सुनसरी मोरङ आयोजनाको नहर छेउ केराघारीमा लुकाई राखेको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

साथै पक्राउ परेकामध्ये निज चौलागाई २०७६ भदौ २१ गते ईटहरी उपमहानगरपालिका ९ स्थित गोदावरी स्कुलको कम्पाउण्डमा र २०७६ भदौ २३ गते झापा विर्तामोड नगरपालिका(२ चारपाने चोकस्थित सहारा नेपाल सहकारी संस्थामा भएको बम बिष्फोटन घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।