• गृहपृष्ठ
  • इङ्लिस प्रिमियर लिग फुटबल: आर्सनल चेल्सीसँग पराजित

इङ्लिस प्रिमियर लिग फुटबल: आर्सनल चेल्सीसँग पराजित

Dec 30th, 2019

काठमाडौं , १४ पुस

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लन्डन डर्बीमा आर्सनल चेल्सीसँग पराजित भएको छ। आइतबार बेलुका भएको खेलमा चेल्सीले आर्सनललाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । खेलको १३औं मिनेटमै एमरिक ओवामेयाङले आर्सनललाई अग्रता दिलाएका थिए । आर्सनलले ८२ मिनेटसम्म अग्रता कायम राखेको थियो ।

तर खेल सकिन अन्तिम १० मिनेटमा चेल्सीले २ गाेल फर्काउँदै जित निकाल्याे । खेलको  ८३औं मिनेटमा मासोन माउन्टको फ्रिकिकमा चेल्सीका लागि जर्जिन्होले बराबरी गोल गरे । ८७ औं मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीलाई जित दिलाए । बाँकी समयमा आर्सनलले गाेल फर्काउन सकेन र पराजित भयाे ।

जितसँगै चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ भने समान खेल खेलको आर्सनलले २४ अंक जोडेको छ। जारी लिगमा चेल्सी चौथो नम्बरमा छ भने आर्सनल १२ औं स्थानमा रहेको छ।