लामा जातिको नयाँ वर्ष शुरु

Dec 29th, 2019

हुम्ला, १३ पुस (रासस)

हुम्लाको सदरमुकाम सिमिकोटमा पुस ११ गतेदेखि सुङ्गुर वर्ष गई मुसा वर्ष शुरु भएको उपलक्ष्यमा खानपिन तथा नाचगान गरी लामा जातिका समुदायले सांस्कृतिक उत्सव मनाएका छन् । समारोहमा छेप्याल लामाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिनुभयो ।

सांसद छक्कबहादुर लामा र प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले यसप्रकारको चाडपर्वले आपसमा सदभाव, सुख, समृद्धि र सदभावको विकास हुने धारणा व्यक्त गर्नुभयो । यो चाड लामा जातीको नयाँ वर्ष शुरु भएदेखि ६ दिनसम्म मनाउने गरिन्छ ।