• गृहपृष्ठ
  • कामना सेवा विकास बैंकको छ वटा नयाँ शाखा सञ्चालनमा

कामना सेवा विकास बैंकको छ वटा नयाँ शाखा सञ्चालनमा

Dec 29th, 2019

काठमाडौं, पुस १३

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नं.३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिका स्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।