• गृहपृष्ठ
  • लुम्बिनी विकास बैंकद्धारा लुम्बिनी सहयात्रा मुुद्धती खाता सुरु ,के छ विशेषता ?

लुम्बिनी विकास बैंकद्धारा लुम्बिनी सहयात्रा मुुद्धती खाता सुरु ,के छ विशेषता ?

Dec 29th, 2019

काठमाडौ, पुस १३

निरन्तर सहयात्रा भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ“ लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सबै तहका ग्राहकहरुलाई लक्ष्य गरी ल्याईएको लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहकहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान गर्ने छ ।

बैंकका अनुुसार यस मुद्दती निक्षेप बचत खातामा ग्राहकहरूले आफ्नो दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि १० लाख सम्मको बीमा सुबिधा तथा एक लाख रुपैयाँसम्मको औषधी उपचार बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क एबिबिएस सुबिधा, खाता विवरण, चेक बुक, मोबाईल बंैकिङ्ग, भिसा डेबिट कार्ड र लकर सुबिधामा ५० प्रतिसत छुट प्राप्त गर्र्नेेछन । साथै लुम्बिनी सहयात्रा मुद्दती खातामा बैंकले सार्वजनिक गरेको ब्याजदरमा शाखाबाटै थप शुन्य दसमलव ५० प्रतिसत ब्याज सुबिधा प्रदान गर्न सकिने छ । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता योजानले मुलुकका सबै क्षेत्र, भेग र तहलाई फाईदा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकको २०७६ मंसीर मसान्त सम्म चुक्ता पुँजी दुुई अर्ब ५८ करोड ६९ लाख ६३ हजार पाँच सय ५१ रुपैयाँ, कर्जा लगानी २३ अर्ब ९४ करोड ७८ लाख सात हजार तीन सय १४ रुपैयाँ रहेको छ भने कुुल निक्षेप २७ अर्ब आठ करोड ६३ लाख ६२ हजार सात सय ९७ रुपैयाँ रहेको छ । बैकले आज २०७५/०७६ मा ५८ करोड ९७ लाख एक हजार दुुई सय १५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले यही पुुस २९ गते हुने साधारण सभामा शेयर होल्डरहरुलाई २० प्रतिसत लाभांश दिने प्रस्ताब गरेको छ । बैंकले हाल देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।