• गृहपृष्ठ
  • हरिसिद्धि ईंटा तथा टायल कारखानाको उत्पादन क्षमतामा बृद्धि

हरिसिद्धि ईंटा तथा टायल कारखानाको उत्पादन क्षमतामा बृद्धि

Dec 29th, 2019

काठमाडौ, पुुस १३

देशकै पुरानो इँट्टा उद्योग हरिसिद्धि इँट्टा तथा टायल कारखाना लि.ले आप्mनो उत्पादन क्षमता बढाइ वार्षिक ३ करोड ईंटा उत्पादन गर्ने जनाएको छ । चिनियां सरकारको सहयोगमा निर्माण गरिएको हरिसिद्धि इँट्टा तथा टायल कारखाना विक्रम संवत् २०४९ सालमा निजिकरण गरिएको थियो ।

हरिसिद्धि इँट्टा तथा टायल कारखानाबाट उत्पादित इँट्टा तथा टायल मार्फत देशकै गौरवपूर्ण भवनहरु निर्माण गरिएका थिए। महाराजगञ्ज शिक्षण अस्पताल, रामशाहपथ स्थित कृषि विकास बैंकको केन्द्रिय कार्यालय,त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, होटेल हायात रिजेन्सी, होटेल याक एण्ड यति, होटेल सोल्टी, सिंहदरबार स्थित राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय जस्ता भवन संरचनाहरु हरिसिद्धिकै इट्टा तथा टायलबाट बनिएका हुन् ।

हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनका अनुसार कारखाना निजिकरण पश्चात कारखानाको क्षमता विस्तार गरि चिनियां प्रविधि मार्फत इँट्टा तथा टायल उत्पादन सुरु गरिएको थियो । तर उच्च लोडसेडिङ र कच्चा पदार्थ अभावका कारणले गर्दा केही बर्ष इँट्टा तथा टायल उत्पादनमा ह्रास आएको थियो ।

२०७२ सालको विनाकारी भूकम्प पश्चात हरिसिद्धि इँट्टा तथा टायल कारखानाले पुननिर्माण अन्तर्गतको निर्माणलाई मध्येनजर गर्दै Double De-Airing प्रविधि प्रयोग गरेर बार्षिक ३ करोड उच्च गुणस्तरको इँट्टा उत्पादन गर्ने लक्ष्य सहित कारखाना पूर्णरुपमा सञ्चालनमा रहेको छ । ३०० जना कर्मचारी तथा मजदुरहरु कार्यरत रहेको कारखानामा आठ हजार शेयरधनीहरु रहेका छन् ।
निजि आवास तथा ब्यावापारिक महत्वका ठुला भवनहरु निर्माणलाई लक्षितगरि कारखानाले गुणस्तरिय इँट्टा उत्पादन गरिरहेको हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनले जनाएको छ । ब्यवस्थापनका अनुसार सम्पदा पुन निर्माणको लागि समेत सम्पदा अनुकुलका इँट्टा तथा टायल उत्पादन भइरहेका छन् ।

कुनै समय देशको गरिमाको रुपमा परिचित हरिसिद्धि इँट्टा तथा टायल कारखाना अत्याधुनिक प्रविधि प्रयोग सहित सञ्चालनलाई तीब्रता दिने तयारी गरिरहेको छ । निकट भविष्यमा कारखानाले सेरामिक्स टायल तथा रंगिन ईंटा उत्पादन गर्ने समेत जनाएको छ ।