• गृहपृष्ठ
  • घरेलु लघुवित्तको प्रथम वार्षिक साधारण सभा सम्पन्न

घरेलु लघुवित्तको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Dec 29th, 2019

काठमाडौ, पुुस १३

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा संस्थाका अध्यक्ष आङ देण्डी शेर्पाको सभापतित्वमा यहि पौष ११ गते काभ्रेको वनेपा स्थित पन्चकन्या व्याङक्वेटमा सम्पन्न भएको छ ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको आ.व. २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहित २०७६ आषाढ मसान्त सम्मको वासलात तथा नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल,आ.व.२०७६/७७को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा संस्थाले अन्य ईजाजतपत्र प्राप्त घ बर्गकाकुनै वित्तीय संस्था प्राप्ती गर्ने वा प्राप्ती हुन जाने र कुनै बित्तिय संस्थाएक आपसमा गाभ्न/गाभिन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडिब ढाउन सञ्चालक समितिवा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै संस्थाको प्रथम वार्षिक साधारण सभाले ६ सदस्यीय सञ्चालक समिती निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत लक्ष्मी पोख्रेलले जानकारी दिईन । यस संस्थाले संस्था स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत १० महिनादेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ मंसिर मसान्तसम्ममा लगभग ४ हजार ६ सय घरपरिवारहरुमा सेवा विस्तार गर्दै २१ करोड भन्दा बढी लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले जानकारी दिए ।